ग्रिन भेन्चर्सले चैत ८ गतेदेखि ३१ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्दै

-



     सफल आवाज    
     फागुन ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० फागुन । सेयरमा लगानी गर्न चाहिरहेका लगानीकर्ताहरुको लागि लगानी गर्ने अवसर आएको छ । ग्रीन भेन्चर्स लिमिटेडले चैतको ८ गतेबाट सर्वसाधारणका लागि सेयर निष्काशन गर्न लागेको छ ।

कम्पनीको प्रतिसेयर रुपैयाँ १०० मूल्य अंकित ३१ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याउन लागिएको छ । कुल सेयरमध्ये ९३ हजार ७५० कित्ता सेयर कर्मचारीको लागि छुट्याईएको छ । १ लाख ५६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषकालागि रहेको छ । बाँकी रहने २८ लाख ७५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताहरुले छीटोमा चैतको ११ गते तथा ढीलोमा चैतको २२ गतेसम्म आवेदन दिनु पर्नेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले घटिमा १० तथा बढीमा ५० हजार कित्ताका लागि लगानी गर्न सक्नेछन् ।