
काठमाडौं, ३० फागुन । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यलाई ३ दिने तालिम दिएको छ । शुक्रबारदेखि आइतबारसम्म २२ जना सदस्यलाई वर्दियाको बाँसगढीमा बेमौसमी तथा मौसमी तरकारी खेती तालिम दिएको हो ।
लघुवित्तका नायब महाप्रवन्धक पवनकुमार श्रेष्ठका अनुसार रविन गिरी, लक्ष्मण भण्डारी, पवनकुमार श्रेष्ठ, बुद्धिराम चौधरी र गोकर्ण रावतले सहभागीलाई प्रशिक्षण दिएका थिए । करेसाबारीको परिचय, महत्व साथै तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फल तरकारी खेती, लहरे खेती , जरे तरकारी खेती, कोसे तरकारी खेती, तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा व्यवस्थापन, साग वाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारी तथा विषादी व्यवस्थापन, तरकारी वालीमा उचित पोष्ट हार्भेष्ट, बेचबिखन (कसरी मूल्य पार्ने) तथा बजार व्यवस्थापनको बारेमा तालिम दिएको श्रेष्ठले बताए ।
नायब महाप्रवन्धक श्रेष्ठका अनुसार लघुवित्त वित्तीय संस्थाले प्रदान गरेको सेवाहरु, बचतको महत्व र बचतका प्रकारहरु, व्यवसायिक स्किमहरुको बारेमा समेत जानकारी दिएको थियो । ५ वर्षदेखि सञ्चालनमा आएको लघुवित्तबाट कर्जा लिएर व्यवसाय गर्ने धेरै परिवार आर्थिक रुपमा अब्बल भएको उनले बताए ।
तालिमको दोस्रो दिन तालिममा सहभागीहरुलाई कृषि अनुसन्धान निर्देशनालयको ७५ हेक्टरमा फैलिएको कृषि फार्म तथा खजुरा गाउँपालिका मनकामनाचौकका स्थानीय व्यवसायिक कृषक कृष्णविक्रम केसीको साढे ३ विघाहामा फैलिएको कृषि फार्म अवलोकन गरेका थिए । तालिममा सहभागीहरुलाई स्वागत मन्तब्य दिँदै तालिमको उद्देश्य बारेमा संस्थाका मदनचौक मुकाम कार्यालयका सुपरीवेक्षण अधिकृत बुद्धिराम चौधरीले प्रकाश पारेका थिए ।

सबैको लघुवित्त वित्तीय संस्थाको सबै प्रदेशका विभिन्न ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु सञ्चालनमा छन् भने ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । संस्थाले देशको ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई शाखाहरु स्थापना गरी सदस्यहरुलाई आवश्यकतानुसार लगानी गर्दै आइरहेको छ ।
गत माघ मसान्तसम्ममा लघुवित्तले ७० हजार ६२९ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । माघ मसान्तसम्ममा लगानीमा रहेको कर्जा ४ अर्ब ४६ करोड रहेको छ भने ग्राहक सदस्यहरुको १ अर्ब १६ करोड बचत परिचालन गरेको छ ।

तालिमको मूल्याकंन सहभागी मन्जु महतो हमाल, सीता चौधरी, कोमल थारुले मन्तव्य राखेका थिए । संस्थाले ग्राहक सदस्यहरुलाई वित्तीय सेवाहरुका साथसाथै ग्राहक सदस्यहरुको क्षमता अभिवृद्धि गराउन तथा व्यवसायिक रुपमा व्यवसाय सञ्चालन गर्न सघाउ पु¥याउन विभिन्न किसिमका सीप विकास तालिम सञ्चालन गरिरहेको छ ।
तालिमको अन्त्यमा सहभागीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । तालिमको सञ्चालन बर्दिया जिल्लास्थित ककौरा शाखाका प्रमुख गोकर्ण रावतले गरेका थिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



