
काठमाडौं, ३० फागुन । गण्डकी प्रदेशको राजधानी पोखरा सेदीबगर देखि सराङकोटसम्म संचालनमा ल्याईएको अन्नपूर्ण केबरलकारले पर्यटकको चाहना अनुसार सूर्य दर्शन तथा सूर्यास्त अवलोकनको योजना सार्वजनिक गरेको छ ।
कम्पनीले चैत १ गतेदेखि लागू हुनेगरि सूर्य दर्शन, सूर्यास्तको अवलोकन तथा रमणिय दृश्यावलोकनका लागि बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म केबलबार संचालन हुने जानकारी गराएको हो ।

अन्नपूर्ण केबलकार फागुन ५ गतेदेखि सचालन गरिएको थियाे । सेदीबगरबाट सराङकोटसम्मको दूरी ९ मीनेटको यात्रामा पार गर्न सकिन्छ ।
केबलकारमा यात्रु तथा पर्यटकका लागि १७ वटा गोन्डोला र एक सामान लैजानका लागि राखिएको छ । एउटा गोन्डोलामा ८ जनाले यात्रा गर्न सक्ने कम्पनीका प्रबन्धक दीनेश पौडेलले बताएका छन् ।
पौडेलले एक घन्टाको अवधिमा करिब ५०० यात्रुलाई अवलोन गराउन सक्ने बताए । नेपालीका लागि भाडा रुपैयाँ ७००, सार्क देशबाट आउने पर्यटकका लागि ८०० र तेश्रो देशबाट आउने पर्यटकका लागि भाडा ९ डलर तोकिएको छ ।
कम्पनीले विद्यार्थीलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुका लागि ५० प्रतिशत र सहकारीबाट भ्रमणमा जानेहरुको लागि १० प्रतिशत छुटको व्यवस्था गरेको जनाएकाे छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



