नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

-



     सफल आवाज    
     असाेज २ गते २०७७ मा प्रकाशित



चितवन,२ असोज। आज पनि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएकाे छ । चितवनको केराबारीमा बिहान खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हाे । केराबारी भरतपुर महानगरपालिका–२९ मा पर्छ ।

अहिले पहिरो हटाउने काम भइरहेको छ । अझैं केहि घन्टा लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताएका छन् ।