शिखर इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन तथा बिक्री आजदेखि खुला

-



     सफल आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ चैत । शिखर इन्स्योरेन्सले आज चैत १ गतेदेखि हकप्रद सेयरकाे निष्काशन तथा बिक्री खुला गरेकाे छ ।

इन्स्योरेन्सले १० कित्ता सेयर बराबर नयाँ ३ कित्ता अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यसका लागि चैत २१ गतेसम्म आवेदन दिन सकिने छ ।

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरको ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद सेयर निष्काशनको लागि इन्स्योरेन्सले माघ २१ गते बुक क्लोज गरेको थियो । माघ २० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।

कम्पनीको चुक्ता पूँजी हाल १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको छ । हकप्रद सयर निष्काशन पछि चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।