प्रधानमन्त्री देउवा र साउदी विदेशमन्त्रीबीच भेटवार्ता

-



     सफल आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा र साउदी अरबका राजकुमार तथा विदेशीमन्त्री फैजल बिन फरहान अल साउदबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवा र साउदी विदेशमन्त्रीबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको हो । भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि साउदी विदेशमन्त्रीले आज नै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए । मन्त्री खड्का र साउदी विदेशमन्त्री फैसलबीच परराष्ट्र मन्त्रालयमा पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

नेपालको २ दिने भ्रमणमा क्रममा फैसल सोमबार साँझ काठमाडौं आएका थिए । उनी आजै श्रीलंका फर्कने कार्यक्रम छ ।