मंगलबार नेप्से सूचक १७ अंकले घट्यो, ३ अर्बको कारोबार

-



     सफल आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ चैत । साताको तेस्रो कारोबार मंगलबार सेयर बजार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से सूचक १७.१५ अंकले बढेर २ हशजार ६५०.९७ अंकमा झरेको छ ।

नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ओरालो लागेको छ । आज सेन्सेटिभ परिसूचक ७.२६ अंकले घटेर ५०२.५९ अंकमा झरेको हो ।

आज २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता सेयर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा सूचीकृत भएका १३ उपसमूहमध्ये ४ समूहबाहेक सबैको सेयर ओरालो लागको छ ।