क्रिप्टोकरेन्सी कारोबार गर्ने २ जनाविरुद्ध मुद्दा दायर

-



     सफल आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ चैत । क्रिप्टोकरेन्सी कारोबार गर्ने २ जनाविरुद्ध मुद्दा दायर भएको छ । मंगलबार राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले मोरङ जिल्ला रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ को पुस्कर श्रेष्ठ र २३ को बिनिता लिम्बुमाथि मुद्दा दायर गरेको हो ।

विभिन्न बैंकका स्टेटमेन्टहरु, मोबाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट पुस्कर श्रेष्ठ र बिनिता लिम्बु समेतका प्रतिवादीहरूले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull प्रयोग गरि विदेशी विनिमय अमेरिकी डलरसम्बन्धि कसुर कार्यमा संलग्न रहि सामूहिक रुपमा मोरङ रतुवामाई नगरपालिकाबाट डलरको अनलाइनमार्फत् अवैध रुपमा कारोबार गरेको कसुरजन्य कार्य गरेको विभागले जनाएको छ ।

प्रतिवादीहरु पुस्कर श्रेष्ठ र बिनिता लिम्बुले 1xbet, Binance, Adv Cash, Coinbase, Paxfull मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहि कार्य गरी प्रतिवादी पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार ४२९.८५ रुपैयाँ, सिटिजन्स बैंक २ करोड ५१ लाख ७६ हजार ९९.९७ रुपैयाँ, एनआइसी एसिया बैंकबाट १ करोड ८२ लाख ४९ हजार ८८९ रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार ५३९ रुपैयाँ गरी कूल ७ करोड ५७ लाख ७१ हजार ८५८ रुपैयाँ तथा बिनिता लिम्बुले एनआइसी एसिया बैंकबाट २ करोड १६ लाख ९८ हजार २४.७४ रुपैयाँ गरी कूल ९ करोड ७४ लाख ६९ हजार रुपैयाँ कारोबार गरेको देखिन्छ ।

विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ को दफा ३ को उपदफा ९१०, दफा ४ को उपदफा ९१०, दफा ५ को उपदफा ९१० र दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकको २०७४ साउन २९, २०७५ चैत २६ र २०७८ भदौ २४ को सूचना समेतले निषेधित कसूर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरु पुस्कर श्रेष्ठ र बिनिता लिम्बुलाई सोही ऐनको दफा १७ को उपदफा ९१० बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा ९९० बमोजिम ३ वर्षसम्मको कैद सजायको माग गरेको छ ।