प्रि-ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, ४ लाख ४१ हजारको कारोबार

-



     सफल आवाज    
     चैत्र २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ चैत । साताको चौथो कारोबारको प्रि-ओपन सेसनमा सेयर कारोबार मापक नेप्से सूचक झिनो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से सूचक सो सेसनमा २.६० अंकले बढेर २ हजार ६५३ अंकमा प्रवेश गरेको हो ।

नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि उकालो लागेको छ । सेन्सेटिभ इन्डेक्स ०.११ अंकले बढेर ५०२.६९ अंकमा प्रवेश गरेको हो । यस सेसनमा १३ कम्पनीको कारोबार भएको छ । जसमा २१ कारोबारमा ८४० कित्ता सेयर ४ लाख ४१ हजार ७३० रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।

यस सेसनमा कारोबार भएको ४ वटै उपसमूह उकालो लागेका छन् । विकास बैंक ०.२४, जलविद्युत ०.३३, निर्जीवन बिमा ०.११ र अन्य उपसमूह ०.४५ प्रतिशतले उकालो लागेको हो ।