नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष सिंहले लिइन् पद तथा गोपनियताको शपथ

-



     सफल आवाज    
     चैत्र २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ चैत । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ लिएकी छन् ।

बिमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनी अध्यक्ष सिंहलाई आज एक कार्यक्रमका बीच ‘बिमकको संस्थागत सुशासनसम्बन्धि निर्देशिका २०७५’ अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

कम्पनीको ३३औं वार्षिक साधारण सभाले सिंहलाई अध्यक्षमा सर्वसम्मतिबाट पूर्ननिर्वाचित गरेको हो । उक्त समारोहमा बिमा समितिको अध्यक्षले सिंहलाई सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।