
काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैंकले १४ वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । नियम उलंघन गरेको भन्दै विभिन्न वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।
कारबाहीमा पर्ने बैंकहरुमा नबिल बैंक, एनएमबी बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, सेन्चुरी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंक रहेका छन् ।
राष्ट्र बैंकले प्रभु बैंकलाई अनिवार्य नगद मौज्जात तथा बैधानिक तरलता अनुपात कायम नगरेका कारण पहिलो पटक १ लाख ८० हजार ४३०.१४ रुपैयाँ जरिवानासमेत तिराएको छ ।
नेपाल बैंकलाई पनि बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं.१५ तथा बैंक तथा वित्तीय संस्था नियमन विभागबाट मिति २०७८–२–११ मा जारी परिपत्र वै।वि।नि।वि।–नीति–परिपत्र–कखग–९–०७७–७८ को बुदा नं. १०९१० मा भएको व्यवस्था बमोजिम बोलकवोल विडिङको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित व्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने भन्ने व्यवस्थाको पालना नभएको देखिएकोले आगामी दिनमा उल्लेखित व्यवस्थाको पालना हुने गरी तथा भविष्यमा यस्तो त्रुटी नदोहोरिने गरी प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंक र एनएमबी बैंकलाई बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकिकृत निर्देशन २०७८ को निर्देशन नं.१५ तथा मिति २०७८–२–११ मा जारी परिपत्र वै.वि.नि.वि. नीति–परिपत्र–क ख ग–९–०७७–७८ को बुँदा नं. १० ९२० मा कूल निक्षेप बाहेकका व्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न पाइने छैन भन्ने व्यवस्था उल्लघंन भएको सन्दर्भमा आगामी दिनमा उल्लेखित व्यवस्थाको पालना हुने गरी तथा भविष्यमा यस्तो त्रुटी नदोहरीने गरी कार्य गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको हाे ।
बाँकी कारबाहीमा परेका वाणिज्य बैंकहरुले बैंक तथा वित्तीय सस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं.१५ तथा बैंक तथा वित्तीय संस्था नियमन विभागबाट मिति २०७८–२–११ जारी परिपत्र वै.वि.नि.वि. नीति–परिपत्र–कखग–९–०७७–७८ को बुदा नं. १० (१) मा भएको व्यवस्था बमोजिम बोलकवोल विडिङको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित व्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने भन्ने व्यवस्थाको पालना नभएको देखिएकोले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



