आजदेखि ग्रीन भेन्चर्सको आइपीओ बिक्री खुला, कति कित्तासम्म आवेदन दिने ?

-



     सफल आवाज    
     चैत्र ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ चैत । ग्रीन भेन्चर्सको आइपीओ आज (मंगलबार) देखि निष्काशन तथा बिक्री खुला गरिएको छ । कम्पनीले आज मंगलबारदेखि ३१ करोड २५ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरु र २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।