प्रि-ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, ६ लाखको कारोबार

-



     सफल आवाज    
     चैत्र ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ चैत । साताको चौथो कारोबारको प्रि-ओपन सेसनमा सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से सूचक ०.७१ अंकले बढेर २ हजार ६५१ अंकमा प्रवेश गरेको हो ।

नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि बढेको छ । सो सेसनमा सेन्सेटिभ परिसूचक ०.०६ अंकले बढेर ४९९.३८ अंकमा पुगेको छ । यस सेसनमा ८ कम्पनीको ८६९ कित्ता सेयर ६ लाख ३ हजार ८१६ रुपैयाँमा किनबेच भएको छ ।

प्रि-ओपन सेसनमा कारोबार भएका ८ उपसमूहमध्ये ४ उपसमूको सेयर उकालो लागेको छ । जसमा बैंकिङ, जलविद्युत, वित्त र निर्जीवन बिमाको सेयर उकालो लागेको हो भने बाँकी उपसमूहको सेयर माइनसमा झरेको छ ।