आज कति पुग्यो विदेशी मुद्राको विनिमयदर ?

-



     सफल आवाज    
     चैत्र ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको नयाँ विनिमयदर कायम गरेको छ । नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १२१.५९ रुपैयाँ र बिक्रीदर १२२.१९ रुपैयाँ कायम गरिएको छ ।

आज युरोििपयन युरो एकको खरिददर १३३.७२ रुपैयाँ र बिक्रीदर १३४.३८ रुपैयाँ छ भने यूके पाउण्ड स्टलिङको एकको खरिददर १६०.५२ रुपैयाँ र बिक्रीदर १६१.३१ रुपैयाँ कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिददर ९०.३१ र बिक्रीदर ९०.७६ रुपैयाँमा कारोबार भएको छ । आज क्यानडियन डलर एकको खरिददर ९६.६२ र बिक्रीदर ९७.१० रुपैयाँ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

आज जापानी यनको खरिददर १० को १०.०५ र बिक्रीदर १०.१० रुपैयाँमा कारोबार भएको छ भने चाइनीज अुआनको एकको खरिददर १९.११ र बिक्रीदर १९.२० रुपैयाँमा कारोबार भएको छ । साउदी अरेबियन रियालको एकको खरिददर ३३.१९ र बिक्री ३३.३६ रुपैयाँ कायम गरिएको छ ।