राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा सर्किट, बुद्धमूमि नेपाल हाइड्रोपावरले गुमायो

-



     सफल आवाज    
     चैत्र ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ चैत । साताको सेयरको कारोबार हुने चौथो दिन बुधबार सेयर बजारको लय सकारात्मक हुन सकेन । उसो त वर्ष २०२२ को सुरुआतबाटै सेयर बजारको यात्रा हरेक बुधबार ओरालो लाग्दै आएको छ ।

यसदिन पनि नेप्सेमा अघिल्ला बुधबारहरुको जस्तै करेक्सन होला भन्ने लगानीकर्ताको आलकन सहि भएको छ । तीन अर्ब ननाघेको कारोबारले खासै उत्साह पनि थप्न सकेन ।

नेपाल स्टक एक्सचेन्ज ने(प्से)का अनुसार नेप्से परिसूचक २०.३४ अंकले घटेर २६३०.३६ विन्दुमा झरेको छ । नेप्सेमा ०.७७ प्रतिशत गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.२२ अंकले घटेर ४९५.११ विन्दुमा रहेको छ ।

कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । ३९ लाख ८५ हजार ५७४ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ४६ करोड ३ लाख ५२ हजार ५४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये दुईवटा उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । व्यापार तथा म्युचुअल फण्ड उपसमूहको सेयर बढेको हो । बाँकी रहेका ११ वटा उपसमूहहरु राताम्मै भएका छन् र उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआईसी एशिया बैंकको कारोबार भएको छ । बैंकको ८ करोड ४१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सर्किट लागेको छ । सेयरमूल्य १० प्रतिशतले बढेर ७४५ रुपैयाँ भएको छ । इमर्जिङ नेपालको ९.९९ प्रतिशतले बढेर ६९१ रुपैयाँ ६० पैसा भएको छ ।

सेयर गुमाउनेमा बुद्धमूमि नेपाल हाइड्रोपावर रहेको छ । कम्पनीकाे ३.५८ प्रतिशतले घटेर ६४६ रुपैयाँ कायम भएको छ ।