नेपाल फाइनान्सले पायो हकप्रद सेयर निष्काशनको अनुमति

-



     सफल आवाज    
     चैत्र ९ गते २०७८ मा प्रकाशित



काठमाडौं, ९ चैत । नेपाल फाइनान्सले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई १ः०.७० रेसियोमा ३४ करोड ५४ लाख रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार भएको छ । फाइनान्सको हकप्रद सेयर निष्काशन भएपछि चुक्ता पूँजी ८३ करोड ८९ लाख रुपैयाँ हुनेछ ।

यसअघि फाइनान्सले हकप्रद सेयर निष्कासनको अनुमति माग गर्दै गएको कार्तिक १ गते धितोपत्र बोर्डमा आवेदन पेश गरेको थियो । फाइनान्सले चैत ८ गते निष्काशनको अनुमति पाएको फाइनान्सले जनाएको छ ।

फाइनान्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।