
काठमाडौं, १० चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा १ अर्ब ९३ करोड २६ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।
‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २८ करोड ९८ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ९ करोड ६६ लाख रुपैयाँ लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अुनसार २०७९ वैशाख २ गतेदेखि २०८० बैशाख १ गतेसम्म ३६५ दिन अवधिको मुद्दती निक्षेपमा लिन चाहेको रकम खुलाई राष्ट्र बैंकको चैत्र १७ गतेभित्र ब्याजदर प्रस्ताव गर्न आह्वान गरिएको हो ।
राष्ट्र बैंकले निक्षेप लिन चाहनेका लागि विभिन्न शर्तहरु राखेको छ । बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायमदेखि लगानी टक्सार विकास कोष, नेपाल राष्ट्र बैंकबाट छात्रवृत्ति कोष, बैंकिङ विकास कोष, यान्त्रिकीकरण कोष, विकास वित्त परिचालन कोेष, पेन्सन कर अग्रिम धरौटी लगानी हिसाब कोष र सुन पुनर्स्थापना कोषबाट निक्षेप स्वीकार गरेका संस्थाले निक्षेप लिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




