नेप्सेमा दोहोरो अंककाे गिरावट, दुई बीमा समूहबाहेक सबैले गुमाए

-



     सफल आवाज    
     चैत्र १० गते २०७८ मा प्रकाशित



काठमाडौं, १० चैत । बुधबारको लयलाई पछ्याउँदै बिहिबार पनि सेयर बजारले ओरालोको यात्रा तय गरेको छ । अघिल्लो दिनको कारोबारको तुलनामा केहि बृद्धि भएपनि नेप्सेमा देखिएको नकारात्मक लयको कारण लगानीकर्तालाई खुसि बनाएको छैन । लगानीकर्ताहरु अझैं बजार सुधारको पखाईरमा रहेका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.६९ अंकले घटेर २६१३.६७ विन्दुमा झरेको छ । नेप्से ०.६३ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ६.१७ अंकले घटेर ४८८.९४ विन्दुमा रहेको छ ।

यसदिन कुल २२४ कम्पनीहरुको सेयर कारोबार भएको छ । ५२ लाख ९८ हजार ५४३ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज पनि दुईवटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । नीर्जिवन बीमातर्फ १२७.४३ अंको बृद्धि देखिएको छ भने जीवन बीमातर्फ ३६९.१८ अंकले बृद्धि भएको छ । बाँकी रहेका ११ उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी जीवन विकास लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ । संस्थाको ३० करोड ६३ लाख ९७ हजार ६२४ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।