
काठमाडौं, १० चैत । प्रभु क्यापिटल लिमिटेडले ‘ग्लोबल मनि विक २०२२’ अन्तर्गत सेयर बजारसम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा पहिलो पटक Inter-College Financial Quiz Competition-2022 कार्यक्रम आयोजना गर्ने भएको छ ।
क्यापिटलले काठमाडौं उपत्यकाभित्र रहेका १५ वटा विजनेश कलेजहरुमा अध्ययनरत बीबीए तथा एमबीए तहका विद्यार्थीहरुलाई सहभागी गराएर यो प्रतियोगिता आयोजना गर्ने तयारी भएको छ । क्विज प्रतियोगिता यही चैत्र १२ गते शनिबार बिहान १० बजेबाट सिंहदरबार प्लाजास्थित स्काई दरबार ब्यांकेटमा आयोजना हुनेछ । यस क्रममा १५ वटा कलेजलाई ५/५ वटाका दरले ३ टिममा राखेर पहिलो राउण्डको प्रतियोगिता सञ्चालन गरिनेछ ।
पहिलो राउण्डमा प्रथम तथा दोश्रो हुने २/२ वटा कलेजहरुलाई फाइनल राउण्डमा लिएर जानेछ र फाइनलमा ६ वटा टोलीबीच प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगितामा प्रथम हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई २० हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । यसैगरी दोश्रो हुने कलेजलाई शिल्ड प्रमाणपत्र पत्रका साथै सहभागी विद्यार्थीहरुलाई १० हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ ।
तेश्रो हुने कलेजलाई शिल्ड, प्रमाणपत्रका साथै सहभागी विद्यार्थीहरुलाई ५ हजार बराबरको प्रभु सेलेक्ट फण्डको युनिट प्रदान गरिनेछ । यसका साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगी विद्यार्थीहरुलाई प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा २ वर्षको लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन प्रदान गरिनेछ ।
प्रतियोगितामा नेपालको बैंकिङ तथा वित्तीय संस्था तथा यसको नियामक निकाय नेपाल राष्ट्र बैंक, वर्तमान वित्तिय प्रणाली, अर्थतन्त्र र बजेट, पुँजीबजार, बिमा, लगानी व्यवस्थापन, वर्तमान समयमा वित्तसम्बन्धी जल्दाबल्दा विषयहरुका साथै मर्चेन्ट बैंकिङ, रेटिङ, नेप्से तथा नेपाली पुँजी बजारका विभिन्न सहभागीहरुका बारेमा प्रश्न उत्तरको माध्यमबाट सहभागी प्रतियोगी विद्यार्थीहरुका साथै प्रतियोगिता हेर्ने अन्य विद्यार्थीहरुमा वित्तीय साक्षरता अभिवृद्धि हुने लक्ष्य राखिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




