पत्रकारमाथि प्रहरी ज्यादतिको सर्वत्र विरोध

-



     सफल आवाज    
     असाेज २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ असोज । समाचार संकलन क्रममा प्रहरीले काठमाडौंमा पत्रकारमाथि दुव्यर्वहार गरेको छ । सो दुव्यर्वहारप्रति सर्वत्र निन्दा गरिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले शुक्रबार विज्ञप्ति जारी गरी सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेसमाथि भएको ज्यादतिको कडा शब्दमा भत्र्सना गरेको हो ।

महासंघ महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वतन्त्र रुपमा पेसागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसमाथि भएको ज्यादतिको कडा शब्दमा भत्र्सना गर्दछ । र, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न तथा निर्वाध रुपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

यस्तै, नेपाल आर्थिक पत्रकार संघ (नाजिफ) का तर्फबाट अध्यक्ष सीताराम भट्टराईले विज्ञप्ति जारी गरी प्रहरीले गरेको दुव्यर्वहारको घोर भत्र्सना गरेका छन् ।

साथै, प्रेस स्वतन्त्रताको संवैधानिक हकको प्रत्याभूति र भयरहित वातावरणमा काम गर्न पाउने वातावरण निर्माण गर्न सरकारसमक्ष अनुरोध गर्दै दुव्यर्वहारमा संलग्नहरुलाई कडा कारबाहीको माग गरेका छन् ।

संविधान दिवसको सन्दर्भमा शुक्रबार दिउँसो काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै सडकमा रिपोर्टिङ गर्नेक्रममा अननाइन खबरमा कार्यरत् नेपाल आर्थिक पत्रकार संघ (नाजिफ) का सचिव रोयल आचार्य र नेपाल फोटो पत्रकार क्लबका सदस्य चन्द्रबहादुर आलेमाथि प्रहरीले दुव्यर्वहार गर्दै पक्राउको प्रयास गरेको थियो ।


यस्तै, प्रहरीले वसन्त पौडेललाई लखेटेर कुटपिट गरेको थियो । प्रहरी निरीक्षक डिल्लीराज सापकोटा नेतृत्वको प्रहरी टोलीले उनलाई बोल्न निषेध गर्दै कुटपिट गरेको हो ।


यसबारे काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले घटनाको छानबिन हुने आश्वासन दिएका छन् ।

विहीबार पनि बानेश्वर प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशर न्यौपानेको नेतृत्वको टोलीले बबरमहलमा १०० ग्रुपका युवा अभियन्ता बब्लु गुप्तामाथि निर्धात कुटपिट गरेको थियो ।
घटनाको संचारसम्बद्ध विभिन्न संघसंस्थाले विभिन्न माध्यमबाट निन्दा गर्दै प्रेस स्वतन्त्रताको माग गरेका छन् ।