कोरोनामा पनि अर्थतन्त्रका सूचक सकारात्मक देखिएः प्रधानमन्त्री

-



     सफल आवाज    
     असाेज ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको ठूलो असर पर्दा पनि देशमा अर्थतन्त्रका सूचकहरु सकारात्मक नै देखिएको बताए । शनिबार संविधान दिवशका अवसरमा आयोजित विशेष समारोहलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले अर्थतन्त्रका सूचकहरु राम्रो रहेको बताएका हुन् ।

कोरोना महामारीका कारण विश्वका अधिकांश देशमा अर्थतन्त्रको सूचक नकारात्मक हुँदा पनि नेपालको अर्थतन्त्र सकारात्मक नै रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले लिपुलेक–लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेबाट सार्वभौमसत्ताको सुरक्षाका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाएको बताए ।

कोरोना संक्रमणका कारण विकासको गति केही सुस्त भएको बताउँदै ओलीले महामारीको अवस्था नआएको भए आफूले अघिल्लो वर्ष गरेका प्रतिबद्धतालाई पूरा गर्न सकिने बताए ।
उनले कोरोनाविरुद्ध सरकारले चालेका कदम उराठलाग्दो नभएको दाबीसमेत गरे ।