साढे ३ अर्बको मुद्धति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     चैत्र १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ४५ करोड लगानी गर्न लागेको छ । बैंकका अनुसार उत्पादन तथा पेन्सन कोषको रकमलाई मुद्धती निक्षेपमा बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले जनाए अनुसार वाणिज्य बैंकहरुको लागि २ अर्ब ७६ करोड रहेको छ । राष्ट्रिय स्तरका विकास बैंकहरुमा ५२ करोड ७५ लाख लगानी गरिने भएको हो । यस्तै फाइनान्सहरुमा १७ करोड २५ लाख रुपैयाँ मुद्धती निक्षेपमा लगानी गरिने छ ।

बैंक तथा वित्तीय संस्थाहरुले चैतको १५ गते अपरान्ह ५ वजेसम्म मुद्धती निक्षेपमा राख्न चाहेको रकम र ब्याजदर उल्लेख गरेर प्रस्ताव पठाउन सक्नेछन् । लगानीकर्ताले डिजिटल सिस्टम इमेलबाट ब्याजदर प्रस्ताव गर्नुपर्नेछ ।

राष्ट्र बैंकले २०७९ वैशाख ४ गतेदेखि २०८० साल वैशाख ४ गतेसम्म १ वर्षका लागि अर्थात ३६६ दिनका लागि हुने जनाएको छ ।
मुद्धति निक्षेपका लागि रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले तोकिएका आधारहरुलाई पुरा गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।