
काठमाडौं, १३ चैत । आइएमई जनरल इन्स्योरेन्सले निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ ।
कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ४ कित्ता सेयरको रेसियोमा फागुन २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्रीमा ल्याएको थियो ।
इन्स्योरेन्सले १०० रुपैयाँ मूल्य अंकित दरमा ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले हकप्रद सेयर निष्काशनको प्रयोजनका लागि फागुन १ गते बुक क्लोज गरेको थियो । फागुन २७ गते नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भइ कायम भएका सेयरधनीहरुले आवेदन दिन पाउनेछन् ।
कम्पनीको चुक्ता पूँजी हाल १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन पछि चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० पुग्ने भएको छ ।
हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




