आईतबार सुनचाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     चैत्र १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसदिन सुनचाँदीकाे भाउ शुक्रबारकाे भाउमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलाको १ लाख ९०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । यसअघि शुक्रबार छपावाला सुनको भाउ तोलाको १ लाख ९०० रुपैयाँ निर्धारण गरिएको थियो ।

तेजाबी सुन तोलाको १ लाख ४०० रुपैयाँमा करोबार भईरहेको छ । शुक्रबार तेजाबी सुनको भाउ तोलाको १ लाख ४०० रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार चाँदी पनि यसदिन शुक्रबारकै भाउ प्रतितोलाको १ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।