काँग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

-



     सफल आवाज    
     असाेज ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ असोज । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणसँगै सामान्य ज्वरो आएपछि गत मङ्गलबार ओम अस्पताल चावहिलमा भर्ना भएका महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार आएपछि शनिबार डिस्चार्ज गरिएको उनका स्वकीयसचिव भरत तिवारीले बताए ।

आफ्नो स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएसँगै चिकित्सकको सल्लाहबमोजिम अब केही दिन होम आइसोलेसनमा रहने जनाइएको छ ।

यसैबीच, महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्य अवस्थाबारे नियमित चासो, चिन्ता, शुभेच्छा र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्णमा धन्यवाद दिएका छन् ।