नीर्जिवन बीमा उपसमूहबाहेक सबै समूहका सूचक घटे, कारोबारमा सुधार हुँदै

-



     सफल आवाज    
     चैत्र १३ गते २०७८ मा प्रकाशित



काठमाडौं, १३ चैत । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजारले लगानीकर्ताको मनोवल उच्च बनाउन सकेन । नेप्सेमा यसदिन दोहोरो अंकको गिरावट भएको छ ।

कारोबारमा केहि सुधार देखिएको छ भने नीर्जिवन बीमा बाहेक सबै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार नेप्से परिसूचक ४२.८३ अंकले घटेर २५७०.८४ विन्दुमा झरेको छ । नेप्सेमा १.६४ प्रतिशतको गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ९.५१ अंकले घटेर ४७९.४३ विन्दुमा रहेको छ ।

कुल २३२ कम्पनीको सेयर कारोबार भएको छ । ८९ लाख २३ हजार १४ कित्ता सेयरको खरिदबिक्री हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहमध्ये नीर्जिवन बीमातर्फ मात्रै हरियो लागेको छ । कम्पनीको १३३.३५ अंको बृद्धि देखिएको छ भने बाँकी १२ उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैले गुमाएका छन् ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अपि पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २७ करोड ५६ लाख ७४ हजार ३९३.५० रुपैयाँ बराबरको कारोबार भएको छ ।