
काठमाडौं, १४ चैत । साल्ट टेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितणको प्रयोजनका लागि कम्पनीको चैत ३० गते ५५ औं साधारण सभा बोलाईएको छ ।
साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि कम्पनीले चैत १५ गते मंगलबार बुक क्लोज हुने जनाएको छ । अजसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य मानिने छन् ।
साल्ट ट्रेडिङले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशतले २ करोड ३० लाख ४८ हजार रुपैयाँ बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । यस्तै कर प्रयोजनका लागि ११ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । सभाले सो प्रस्तावलाई पारित गर्नेछ ।
कम्पनीको ५५औं साधारण सभा चैतको ३० गते पूर्वान्ह ११ वजे बोलाईएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




