
काठमाडौं, ४ असोज । जो कोहि लगानीकर्ताले लगानी किन गर्छ ? यसको सहज उत्तर हो, प्रतिफलका लागि । तर कोभिडका कारण धेरै क्षेत्रमा गरिएको लगानीको प्रतिफल लगानीकर्ताहरुले पाउन सकेका छैनन् ।
समिट लघुवित्त वित्तीय संस्थाले यसपाली शेयर लगानीकर्ताहरुलाई रित्तो हात बनाउने भएको छ । गत वर्षको मूनाफाबाट यो संस्थाले लाभांश नै नदिने बताएको छ । यो भन्दा अघि आर्थिक वर्ष २०७५–७६ को नाफाबाट २१.१ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१५ नगद लाभांश वितरण गरेको समिटिले यसपाली भने अलिकति पनि प्रतिफल नदिने बताएको छ ।
कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लाभांश वितरण नगरिने जानकारी दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले वासलात, आम्दानी तथा नाफा नोक्सान विवरण पारित गरेको छ । सोको जानकारी संस्थाले नेपाल स्टक एक्सचेञ्ज नेप्सेलाई दिइसकेको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



