पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो

-



     सफल आवाज    
     असाेज ४ गते २०७७ मा प्रकाशित



धादिङ, ४ असोज । आज बिहान त्रिशुली नदीमा पेट्रोल बोकेको ट्याङ्कर खसेको प्रहरीले बताएको छ । ना ४ ख २८२२ नम्बरको ट्याङ्कर धादिङको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेको हो । त्रिशुलीमा खसेको ट्याङ्करमा आगलागी समेत भएको छ ।

ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले ट्याङ्कर चालक र सहचालक नदेखिएकोले यसका बारेमा जानकारी नभएको बताएका छन् ।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने ट्याङ्करको केही भाग पानीमाथि देखिएको अवस्थामा छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले बताएको छ ।