नेप्से परिसूचक ३ अंकले बढ्यो, २ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     असाेज ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ असोज । साताको पहिलो दिन नेप्से ३ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ३ अंकले बढेर १ हजार ५७५ दशमलव १८ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज २ अर्ब ७४ करोड २७ लाख बढीको कारोबार भएको छ । आज नेप्सेमा होटल, डेभलपमेन्ट बैंक र बैंकिङबाहेक अन्य सबै सूचकहरु राताम्मे भएका छन् ।