
काठमाडौं, २१ चैत । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाला सुनमा रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ६०० ले बृद्धि भई तोलाको ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाला सुनको भाउ तोलाको ९९ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
तेजाबी सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार ८०० रुपैयाँ निर्धारण गरिएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार तीन सय पचास रुपैयाँमा कारोबार भईरहेको छ ।शुक्रबार चाँदीको भाउ तोलाको १ हजार ३६० रुपैया ताेकिएकाे थियो ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




