राताम्मै भयो सेयर बजार, नीर्जिवन र जीवन बीमाले धेरै गुमाए

-



     सफल आवाज    
     चैत्र २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ चैत । साताको सेयर कारोबार हुने दाेस्राे दिन साेमबार आज पनि सेयर बजार लगानीकर्ताको अपेक्षाभन्दा उल्टो यात्रामा गएको छ ।

राताम्मै भएको बजारमा कारोबार रकममा पनि खासै सुधार भएको देखिएन । बजारको यसप्रकारको नकारात्मक दृश्यले लगानीकर्ताको मनोवल कहिले उँचो हने हुने एकिन हुन सकेको छैन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १५.९४ अंकले घटेर २४९७ विन्दुमा झरेको छ । नेप्सेमा ०.६३ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स २.४७ अंकले घटेर ४६६.५५ विन्दुमा झरेको छ ।

यसदिन कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । ३४ लाख २९ हजार ९१७ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । सबैभन्दा बढी बीमा उपसमूहले गुमाएका छन् । यसरी गुमाउनेमा नीर्जिवन बीमा समूहतर्फ १९९.४६ अंकको र जीवन बीमातर्फ १२८.५३ अंकको गिरावट भएको छ ।

तेश्रोमा व्यापार उपसूमहले ३२.१९ अंकले, विकास बैंकतर्फ २६.०२ अंकले र माइक्रोफाइनान्सतर्फ २१.२४ अंकको गिरावट देखिएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी इमर्जिङ नेपाल लिमिटेडको कारोबार भएको छ । कम्पनीको ६ करोड ३९ लाख १५ हजार ५८३ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।