लाभांश वितरणको प्रस्ताव पारित गर्न नयाँ सारथी लघुवित्तले बोलायो साधारण सभा

-



     सफल आवाज    
     चैत्र २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ चैत । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्ताव पारित गर्नका लागि साधारण सभा आव्हान गरेको छ ।

संस्थाको १३औं साधारण सभा आगामी वैशाख १० गते धुलिखेलमा रहेकाे केन्द्रीय कार्यालयमा सो दिन अपरान्ह ३ वजे बोलाईएको छ । लघुवित्तकाे साधारण सभा तथा लाभांश वितरणको प्रयोजनार्थ चैतको २३ गते बुधबार बुक क्लोज गिरने भएको छ । आजसम्म नेप्सेमा सेयर कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका हकदार हुनेछन् ।

लघुवित्तकाे गएको आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गरिने भएको छ । जसमा १९ प्रतिशत बोनस सेयर र २०७७ साल असोज ५ गतेपछि सेयर खरिद गरेका सेयरधनीका लागि १ प्रतिशत नगद लाभांशसहित २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेकाे छ । साधारण सभाबाट सो प्रस्ताव पारित भएपछि सेयरधनीहरुले लाभांश पाउने भएका छन् ।

साधारण सभाबाट घोषित लाभांश वितरणको प्रस्तावलाई पारित गर्ने, एफपीओ निष्काशन, उपयुक्त लागेका वित्तीय संस्थासंग गाभ्ने वा गाभिने, प्रबन्धपत्र र नियमावली संशोधन गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरिने भएकाे छ ।