सरकारका मन्त्रीहरुको हेरफेर हुने संकेत

-



     सफल आवाज    
     असाेज ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरुको हेरफेर हुने संकेत देखिएको छ । यसका लागि प्रधानमन्त्री ओलीले केहि विकल्प प्रस्तुत गरेका श्रोतले दाबि गरेको छ ।

प्रधानमन्त्री ओलीले अहिलेका सबै मन्त्रीलाई हटाउने, सुरुमा मन्त्री भएकाहरुलाई हटाउने वा केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने खालको विकल्प प्रस्तुत गरेका हुन । तर यसका बारेमा टुंगो भने लगाईएको छैन । मन्त्रीहरू काे जाने, काे आउने भन्ने बारेमा पनि केहि टुंगाे लागेकाे छैन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज पार्टी कार्यालय पेरिसडाडाँमा बसेको सचिवालय बैठकमा नेताहरुबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने लगायतका विषायमा कुरा भएको हाे । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारलाई चुस्त दुरुस्त पार्नका लागि मन्त्रिपरिषद् पुनगर्ठनबारे सैद्धान्तिक छलफल भएको पत्रकारलाई जानकारी दिए ।