१७ औं फेवा नव बर्ष महोत्सव चैत ३० देखि बैशाख १ सम्म

-



     सफल आवाज    
     चैत्र २२ गते २०७८ मा प्रकाशित



पोखरा, २२ चैत । १७ औं संस्करणको फेवा नवबर्ष महोत्सव चैत ३० देखि बैशाख १ गते सम्म आयोजना हुने भएको छ ।

‘पर्यटन, संस्कृति र खाना’ भन्ने नारासहित होटल संघ पोखराको आयोजनामा हुने महोत्वस लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोक सम्मको मुख्य सडकमा आयोजना गर्न लागिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुबेदीले कोभिडका कारण दुई संस्करणको महोत्सव स्थगनपछि नयाँपन दिने उद्देश्यसहित करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव आयोजना गर्न लागिएको बताए ।

शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न महोत्सवले थप टेवा पु¥याउने संघका पूर्व अध्यक्ष विकल तुलाचनले बताए । महोत्सवलाई सफल बनाउन संघका अध्यक्ष सुवेदीको संयोजकत्वमा विभिन्न उपसमिति समेत गठन गरिएको आयोजकले जनाएको छ ।

महोत्सवका अवसरमा होटलहरुले ३० प्रतिशत छुटको व्यवस्था गरेको संघका महासचिव एवं प्रचारप्रसार संयोजक राजेन्द्र ढकालले जानकारी दिए । संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले महोत्सव संगसंगै भौतिक पूर्वाधारहरुको निर्माणले पोखरा आउने पर्यटकहरुको बसाई लम्ब्याउन सकिने बताए ।

महोत्सवको मुख्य प्रायोजकमा अन्नपूर्ण केबलकार प्रा.लि. र गोर्खा ब्रुअरी प्रा.लि. रहेका छन् । महोत्स सम्पन्न गर्न ३५ लाख खर्च लाग्ने संघले जनाएको छ । महोत्सवमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुद्धारा पप कन्र्सटका साथै लोकदोहोरी, हास्यव्यङ्गय तथा नृत्य प्रतियोगिता मुख्य आकर्षकका रुपमा रहेको प्रचारप्रसार संयोजक ढकालले बताए ।