फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोलको रु १६० र ग्यासको रु १६०० कायम

-



     सफल आवाज    
     चैत्र २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ चैत । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रुपैयाँ ५ ले बृद्धि भएको छ।

मूल्य बृद्धिसंगै पेट्रोलको भाउ प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य २५ रुपैयाँले बढेर प्रतिसिलिण्डर १६०० पुगेको छ ।

निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी नयाँ दरभाउ कायम भएको जनाएको हो । यसअघि चैतको २ गते भाउ बढाएको थियो ।

नेपाल आयल निगमलाई घाटा भईरहेकोले इन्धनको मूल्यमा बृद्धि गर्नु परेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलियम पदार्थको भाउ बढाए पनि निगमलाई महिनामा ९ अर्ब २७ करोड घाटा भईरहेको छ । निगमको यस आर्थिक वर्षको संचित घाटा ३३ अर्ब पुगेको छ ।