
काठमाडौं, ५ असोज। नयाँ नेपाल लघुवित्त वित्तीय संस्था सारथि लघुवित्त वित्तीय संस्थामा गाभिएको छ । दुई लघुवित्तहरु एक आपसमा गाभिएर आज सोमबारदेखि एकीकृत कारोबार शुरु हुँदैछ । यी दुई लघुवित्त आपसमा गाभिएपछि ‘सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकिकृत कारोबार शुरु गर्न लागेका हुन्।
एकिकृत कारोबारका लागि राष्ट्र बैंकले भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृती दिएको थियो। यी दुबै लघुवित्तले आ–आफ्नो विशेष साधारण सभामार्फत १ बराबर १ शेयर स्वाप रेशियोमा मर्ज हुने प्रस्ताव पारित गरेका थिए।
सारथि लघुवित्त नेप्सेमा सूचीकृत नभएको एक राष्ट्रियस्तरको कार्यक्षेत्रको इजाजतपत्र प्राप्त संस्था हो भने नयाँ नेपाल लघुवित्त १० जिल्ला कार्यक्षेत्र भएको नेप्सेमा सूचीकृत लघुवित्तको हो। दुबै लघुवित्त बिच २०७६ माघ २० गते मर्जर सम्बन्धी सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार मर्जपछि लघुवित्तको केन्द्रिय कार्यालय धुलिखेल नगरपालिका काभ्रेमा रहनेछ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



