सिवाईसी नेपाल लघुवित्तले झण्डै ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याउँदै

-



     सफल आवाज    
     चैत्र २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ चैत । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन तथा बिक्रीमा ल्याउन लागेको छ । संस्थाले वैशाख २ गतेदेखि ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो ।

निष्काशन गर्न लागिएको कुल सेयरमध्ये ०.५ प्रतिशत, ६ हजार ८२ कित्ता कर्मचारीहरुको लागि रहेको छ । ५ प्रतिशतले हुने १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेको छ । लगानीकर्ताले बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ताका लागि आवेदन दिन पाउने भएका छन् ।

लघुवित्तको सेयरमा लगानीकर्ताले आगामी वैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन् । ढीलोमा वैशाख १६ गतेसम्म आवेदन पेश गर्न सकिने भएको छ । यसका लागि कम्तिमा १० कित्ता तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

आवेदकले सिआस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । यसका अलावा मेरो सेयरको वेब पेज तथा एप्सबाट पनि आवेदन दिन सकिने छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ रहेको छ । सेयरको बिक्रीपछि चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० पुग्ने भएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।