सुनमा रु ५०० बढ्यो, चाँदीमा रु १०१ घट्यो

-



     सफल आवाज    
     चैत्र २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ चैत । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ । छापावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भएको छ भने चाँदीमा रुपैयाँ १०१ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ५०० ले बृद्धि भई तोलाको ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार छापावाला सुनको बजारमूल्य तोलाको ९८ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुनको भाउ ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । बुधबार तेजाबी सुनको बजार भाउ तोलाको ९८ हजार रुपैयाँ रहेकाे थियो ।

महासंघका अनुसार चाँदीमा एकैदिन १०१ रुपैयाँले गिरावट भई तोलाको १ हजार २३४ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदीको भाउ तोलाको १ हजार ३३५ कायम भई कारोकार भएको थियो ।