प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     चैत्र २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ चैत । प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्सको साधारण सभा तथा लाभांश वितरणको प्रयोजनका लागि आज बुक क्लोज गरेसंगै नेपाल स्टक एक्सचेन्जमा सेयरमूल्य समायोजन भई नयाँ निर्धारण गरिएको हो ।

कम्पनीको ७ प्रतिशत बोनस सेयर समायोजन भएको हो । समायोजन भएपछि कम्पनीको सेयरमूल्य ६०२ रुपैयाँ ८० पैसा कायम गरिएको छ । यो नेप्सेले अघिल्लो दिन भएको कारोबारको आधारमा समायोजन गरेको हो ।

इन्स्योरेन्सले वैशाख ११ गते वीरगन्जस्थित दियालो लर्डस प्लाजामा २०औं साधारण सभा डाकेको छ । सो सभा दिउँसो १२.३० मा बोलाईएको छ ।

साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस सेयर तथा त्यसको कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरणलगायतका प्रस्ताव पारित गरिने भएको छ ।