
४ असोज, काठमाडौं । मर्जरको सम्झौता नै नभई सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जान लागेको भन्दै सूचना बाहिर ल्याएपछि नेपाल स्टक एक्सचेञ्जले कारबाही प्रक्रिया अघि बढाएको छ । मर्जर वा एक्विजिशनमा जाने भए तत्कालै नेपाल स्टक एक्सचेञ्जमा जानकारी गराउनु पर्ने कानूनी व्यवस्था छ । तर कानूनी व्यवस्थाको उलंघन गर्दै सिभिल बैंकले हिमालयनसँग मर्जरमा जाने तयारी भएको भन्दै सूचना चुहाएको हो ।
सिभिलले बद्मासी गरेपछि नेप्सेले स्पष्टिकरण सोधेको छ । सूचीकरण विनियमावलीको विनियम २२ को (च) अनुसार शेयर मूल्यमा फरक पार्न सक्ने कुनै घटना वा कारोबार भएकमा त्यस्तो विषयको सूचना तुरुन्त दिनु पर्नेमा त्यस विषयमा कुनै जानकारी नभएको नेप्सेले बताएको छ । एक्कासी बाहिर सूचना गएपछि नेप्सेले भोलि सोमबार कारोबार खुल्नु अगावै जवाफ पेश गर्न सिभिललाई निर्देशन दिएको छ ।
सिभिल बैंकले हिमालयनसँग मर्जरमा जाने भनेर हल्ला चलाएपछि आइतबार सिभिल बैंकको शेयर मूल्य पनि निकै बढेको छ । मर्जरको हल्ला पछि लगानीकर्ताहरु सिभिलको शेयर किन्न ‘लाइन’ नै लागेका थिए ।







पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



