तलब र सुविधा माग गर्दै निजी विद्यालय शिक्षक युनियन आन्दोलित

-



     सफल आवाज    
     असाेज ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ असोज । निजी (संस्थागत) विद्यालय शिक्षक युनियन (इस्टु) ले १० बुँदे माग राखी चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

इस्टुले आफूहरूले तलब र सुविधा प्राप्त नभएको जनाउँदै दबाब दिन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको अध्यक्ष होमकुमार थापाले बताए ।

उनका अनुसार यही असोज ९ गतेसम्म सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपालिकामा पुनः ज्ञापनपत्र बुझाउने र प्याब्सन, एनप्याब्सनलाई स्मरणपत्र पनि बुझाउने कार्यक्रम छ ।

निजी विद्यालयमा काम गर्ने शिक्षक कर्मचारीलाई अहिलेसम्मको खाइपाई आएको तलबसुविधा चाँडो प्रदान गर्नुपर्ने तथा निश्कासित शिक्षक तथा कर्मचारीलाई पुनःबहाली गरी काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने संगठनको माग छ ।