६ महिनापछि आन्तरिक हवाई उडान शुरु

-



     सफल आवाज    
     असाेज ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ असोज । देशभर लकडाउन भएसंगै बन्द रहेको आन्तरिक हवाई उडान ६ महिनापछि आज असाेज ५ गतेबाट शुरु भएको छ । हवाई कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गरेका स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डलाई अपनाएर सेवा सञ्चालन गर्ने बताएका छन् ।

बुद्ध एयरले आज राजविराज बाहेक साविकका सबै क्षेत्रमा उडान गर्न लागेको बताएको छ । कम्पनीले बिहान काठमाडौं पोखरा उडान गरेको छ । वुद्ध एयर काठमाडौं एयरपोर्ट कार्यालयका अफिसर पंकज केसीले राजविराज बाहेक पोखरा काठमाडौं, धनगढी, भैरहवा, नेपालगञ्ज, विराटनगर, जनकपुर, भद्रपुर, सुर्खेत, भरतपुर र तुम्लिङटारमा उडान हुने बताए ।

यती एयरले पनि साेमबारबाट हवाइसेवा सन्चालनमा ल्याएकाे जनाएकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जारी गरेकाे स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाउदै यात्रुकाे स्वास्थ्यकाे ख्याल गर्दै सेवा दिइएकाे यतीका प्रतिनिधिले बताए ।

हवाई कम्पनीहरुले स्वास्थ्य सुरक्षाको प्रवन्ध मिलाएर उडान भरेकाे जनाएका छन । जहाजलाई निसंक्रमण गर्ने, यात्रुको अनिवार्य ज्वरो नाप्ने, भाईजर, मास्क लगाउने, सेनिटाईज गर्ने लगायतका सुरक्षाका मापदण्ड अपनाईएको बताइएकाे छ ।