‘१० प्रतिशत प्राईम डिबेन्चर २०८८’ का लागि आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० चैत । प्राईम कमर्सियल बैंकको निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले चैत १६ गते १० प्रतिशत ब्याजदर रहेको ऋणपत्र निष्काशन गरेको थियो ।

बैंकले ‘१० प्रतिशत प्राईम डिबेन्चर २०८८’ बिक्रीमा ल्याएको थियो । यसको अवधि १० वर्ष सम्मका लागि रहेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो ।

सो ऋणपत्रबाट १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी रहने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री हुनेछ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रबाट ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ ।

बैंकले बिक्रीमा ल्याएको ऋणपत्रमा लगानी गर्नका लागि लगानीकर्ताले घटिमा २५ देखि बढिमा ५ लाख कित्ता सम्मका लागि आवेदन दिन पाउने छन् ।