उकालो लाग्दै सुनचाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० चैत । सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ झन् उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनमा रुपैयाँ ६०० ले बृद्धि भएर तोलाको १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको छ । यसअघि मंगलबार छापावाला सुनको भाउ तोलाको १ लाख ९०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख १ हजार तोकिएको छ । मंगलबार तेजाबी सुनको भाउ तोलाको १ लाख ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा २० रुपैयाँले बृद्धि भई तोलाको १ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदीको भाउ तोलाको १ हजार ३८० रुपैयाँ कायम भई कारोबार भएको थियो ।