नयाँ वर्ष २०७९ को आगमनसंगै छायो नेप्सेमा हरियाली, कारोबारमा शिवम् सिमेन्ट अब्बल

-



     सफल आवाज    
     चैत्र ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० चैत । नयाँ वर्ष २०७९ सालमा सेयर बजारको कारोबार कस्तो होला ? भन्ने जिज्ञासाको उत्तर आगामी दिनहरुले देखाउने नै छन् ।

उता सन् २०२२ लागेपछि सेयर बजारले सोचे अनुरुपको सकारात्मक लय भने लिइरहन सकेन । यहीबिचमा हरेक बुधबार ओरालो लाग्दै आएको सेयर बजार आज बुधबार भने हरियाली हुँदै नयाँ वर्ष २०७९ साललाई स्वागत गरेको छ ।

पूरानो वर्षको अन्त्य र नयाँ वर्षको आरम्भ हुने दिनको ९ घन्टा अघि नै हरियालीकासाथ सकारात्मक लयको संकेत आगामी दिनका लागि यस्तै होस् भन्ने लगानीकर्ताहरुको अपेक्षा रहेको छ । यसदिन १३ वटै उपसमूहमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । यसले लगानीकर्ताहरुको मनोवल बढाएको छ । तर काराेबार रकममा भने उल्लेखनिय सधार भएन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ३०.२४ अंकले बढेर २४१५.२४ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ६.९७ अंकले बढेर ४५६.०९ विन्दुमा पुगेको छ ।

कुल २२९ कम्पनीको कारोबार भएको छ । ३३ लाख ९८ हजार ६४३ कित्ता सेयरको कारोबारबाट १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसमूहरुहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ । उनीहरुमध्ये नीर्जिवन बीमा, जीबन बीमा, माईक्रोफाइनान्स, उत्पादन, विकास बैंक उपसमूहहरुको सेयर बेसि बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । कम्पनीको ८ करोड ४३ लाख ३४ हजार ९३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।