
काठमाडौं, १ वैशाख । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहक सेवा केन्द्रलाई २४ सै घन्टा खुल्ला राख्ने बताएको छ । यो सेवा हप्तामा सातै दिन कायम रहने भएको छ ।
बैंकले ग्राहकको सुविधाको लागि विभिन्न समयमा विभिन्न सेवाहरु ल्याउँदै आएकोमा पछिल्लो यो नयाँ सेवाबाट ग्राहकहरुले आफ्नो अनुकुलको समयमा सेवा लिन र कुनै पनि सूचना पाउने भएका छन् ।
बैंकले देश तथा विदेशका रहेका बैंकका ग्राहकलाई सूचनाको पहुँचको लागि फोन नं पनि उपलव्ध गराएको छ । बैंकको ०१ ५९७०५५५ नं मा फोन गरेर बैंकिङ सेवाका बारेमा सोधपुछ गर्न सक्नेछन् ।
बैंकले देशभर १६४ वटा शाखाबाट सेवा प्रवाह गरिरहेको छ । ८ वटा एक्सटेन्सन काउन्टर रहेका छन् भने १६५ वटा शाखारहित बैंकिङ सेवा र २०३ वटा एटिएमबाट १३ लाख बढि ग्राहकले सेवा लिईरहेका बैकले जनाएकाे छ।








झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका…
काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)… 




