
मनाङ, ५ वैशाख । राष्ट्रिय योजना आयोगले विगतमा बाढीपहिराले भौतिक संरचनाको पुनःनिर्माणका प्रयासको जानकारी लिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल र गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेसहितको टोलीले हिमाली जिल्ला मनाङको विकासको अवस्था, चुनौती र सम्भावनाका सम्बन्धमा जानकारी लिएको हाे ।
मनाङको वर्षायाम सुरु हुन लागेकाले यस क्षेत्रको विकासका अवस्था, चुनौतीको स्थलगत अवलोकन गरिएको आयोगले जनाएको छ । आयोगका उपाध्यक्ष पौडेल र गण्डकी उपाध्यक्ष काफ्लेले तीन दिन यस क्षेत्रका अवस्थाका बारेमा जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । उनीहरूले वैशाख १, २ र ३ गते मनाङको विकास अवस्था, चुनौती र सम्भावना सम्बन्धमा प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यसँग अन्तरक्रिया तथा जानकारी लिएका हुन् ।
चामे गाउँपालिका, मनाङ ङिस्याङ गाउँपालिका र नासों गाउँपालिकामा विभिन्न गाउँबस्तीमा विपद्का बेला भएको क्षति अवलोकन एवम् निजी घर, पुल, सडक, विद्युत् पुनःनिर्माण प्रयासबारे जानकारी तथा आगामी कदमका सम्बन्धमा स्थलगत अनुगमन गरिएको थियो ।
अनुगमनपश्चात् उनीहरूले विकासका कार्यलाई बिना अवरोध अगाडि बढाउन निर्देशन दिए ।। त्यस्तै वर्षायाम सुरु भइसकेकाले उचित समयभित्र नै सबै कार्य सम्पन्न गर्ने गरी निरन्तर रूपमा काम गर्न निर्देशनसमेत दिएको प्रजिअ आचार्यले जानकारी दिए। उनका अनुसार विकट क्षेत्रको विकासमाथि खेलबाड गर्न नहुने भन्दै वर्षायाममा पनि सहज बनाउने उद्देश्यले यहाँको विकास हुन आवश्यक रहेकाले समयमा कार्य गर्नुपर्नेमा उनीहरूको जोड रहेको थियो ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थसहितको टोलीले समेत प्रदेश सरकार सञ्चालित कार्यक्रमको स्थलगत अनुगमन र कार्यालय प्रमुखसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गरेको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



