सुनको मूल्य घट्याे

-



     सफल आवाज    
     असाेज ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ असोज । मंगलबार सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँ घटेको छ ।

सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९५ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार तोकेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैया कायम भएको जनाइएकाे छ ।