फ्रान्सका राष्ट्रपति माक्रोन फेरि निर्वाचित

-



     सफल आवाज    
     वैशाख १२ गते २०७९ मा प्रकाशित



पेरिस १२ बैशाख । फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित भएका छन् । प्रमुख प्रतिश्पर्धी मारिन ले पेनलाई पराजित गर्दै उहाँले आफ्नो कार्यकाल फेरि दोहोर्याएका हुन्। उनले झण्डै ५८।६ प्रतिशत मत प्राप्त गरेकाे निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्रो चरण पनि मतदान गराउनु परेको थियो । दोस्रो चरणमा उहाँका प्रतिश्पर्धी पेनले ४१।४ प्रतिशत मत पाएका थिए । यसअघि सन् २०१७ मा भएको निर्वाचनमा भने राष्ट्रपति माक्रोनले ६६।१ प्रतिशत मत ल्याउँदा प्रतिश्पर्धीले भने ३३।९ प्रतिशत मत पाएका थिए ।

राष्ट्रपति माक्रोनले मतदानका बेला कतिपयले आफूलाई मतदान नगरेपनि आफू उनीहरुको समेत राष्ट्रपति भएको उल्लेख गर्नु भएको छ । उनको विजयले युरोपेली नेताहरूलाई भने राहत भएको मानिएको छ । उनलाई युरोपेली मुलकका राष्ट्र प्रमुखहरुले फेरि निर्वाचित भएकोमा बधाई दिएका थिए ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि माक्रोनलाई बधाई दिएएका छन् । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् । त्यो सङ्ख्या सन् १९६९ यताको सबैभन्दा कम मतदान भएको बताइएको छ ।